वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

लागुऔषध कारोबारीको अखडा बन्दै बर्दिया

        प्रेम बुढा   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ ।    

प्रेम बुढा/मधुवन (बर्दिया) ।
वैशाख २७ गते गुलरिया नगरपालिका—१, खैरापुरका २५ वर्षीय कमलप्रसाद गोडिया ब्राउन सुगरसहित पक्राउ परे । उनको साथमा २ ग्राम ब्राउन सुगर थियो । प्रहरीको केरकारपछि उनले त्यो लागूऔषध बिक्री गर्न मधुवन नगरपालिकामा लैजान लागेको बताए ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका लागूऔषध कारोबारी गोडियाकै मोबाईल प्रयोग गरि खरिद कर्तालाई खोज्न शुरु गर्यो । मोबाईल सम्पर्कपछि लागूऔषध सेवन तथा खरिद गर्ने गिरोहका ३ जना पक्राउ परे । पक्राउ पर्नेमा गुलरीया नगरपालिका—५ का २७ वर्षीय कृष्ण मल्ल, मधुवन नगरपालिका—९ बस्ने २२ वर्षका सुरज वि।क तथा मधुवन—८ बस्ने १८ वर्षका हिक्मत राना छन । उनीहरुको जिल्ला अदालतमा मुद्धा प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

२०७४ कार्तिकमा ब्राउन सुगर बेच्ने गिरोहका ५ जना पक्राउ परे । उक्त घटनामा आरोपित २२ वर्षका सन्देश सुवेदी,२० वर्षका किरण बूढा, रवी कार्की तथा शसस्त्र प्रहरीमा कार्यरत दिनेश थापा र आकाश गुरुङ थिए । जिल्ला अदालत बर्दियाबाट मुद्धा फैसला भई यतिबेला लाूुऔषध तस्करीमा संलग्न भएको अभियोगमा शसस्त्र प्रहरीका जवान आकाश गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन । घटनामा संलग्न भई पुर्पक्षको सजाए पाएका फरार अभियुक्त रवी कार्कीलार्ई ५ महिनापछि प्रहरीले पक्राउ गरेको छ । अन्य धारौटीमा छुटे ।

खुला सिमानाका कारण भारतबाट लागूऔषध नेपालमा ल्याएर कारोबार गर्नेको संख्यामा वृद्धि भएको प्रहरीको अनुमान छ । लाूुऔषध कारोबार गर्ने गिरोहको जालो तोड्न प्रहरीले रणनीतिक योजना बनाई सकेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको सक्रियता संगै लागूऔषध सेवन गर्ने र कारोबार गर्ने तर प्रमाण कमजोर भएका कारण अदालतबाट सफाई पाएकाहरु जिल्ला छोडेर भाग्न थालेका छन ।

आफुहरुले शून्य सहनशीलता अपनाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङगले बताए । ‘कारबाही पनि गर्छौं र संगसगै लाघुऔषध न्यूनिकरण गर्न जनचेतना जगाउने काममा पनि अघी बढेका छौं प्रजिअ कुरुम्वाङगले बताए।’ बर्दियाका ६ नगरपालिका तथा २ गाँउपालिका मध्ये मधुवन नगरपालिकामा लागूपदार्थ दुर्व्यसनी संख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: