वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

लालपुर्जा पाएपछि राजापुरमा किचलो बढ्दै; न्यायिक समिति कानुनी सल्लाहाकार विहीन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, अशोज १३, २०७५ ।    

मिन अधिकारी/राजापुर।
राजापुर नगरपालिकाको बजार क्षेत्रको जग्गाको लालपुर्जा पाएपछि किचलो देखिएको छ । राजापुरमा रहेको जग्गाको विषयमा न्यायीक समितिमा दिन प्रतिदिन उजुरी पर्ने गरेको राजापुर नगरपालिका उपप्रमुख तथा न्यायीक समितिका संयोजक मनकला कुमारी चौधरीले बताईन । विशेष गरी लालपूर्जाको विवाद, अंशवण्डा, सम्वन्ध विच्छेद लगायतका विषयमा उजुरी परेको समिति संयोजक चौधरीले बताईन ।
राजापुर नगरपालिकामा उजुरीको मात्रा बढ्दै गए पनि न्यायीक समितिले कानुनी सल्लाहकार भने राख्न सकेको छैन । विगतमा गाविस स्तरमा रहेका मेलमिलापकर्ताले विवाद मिलाउन नसके मात्र न्यायीक समितिमा उजुरी आउने र ३ महिना पछि उजुरीकर्ताले न्याय पाउने प्रावधान रहेको संयोजक चौधरीको भनाई छ । राजापुर नगरपालिकामा कानुनी सल्लाहकार राख्ने विषयमा छलफल भई रहेको र छिट्टै कानुनी सल्लाहाकार राख्ने संयोजक चौधरीले बताईन ।

प्रतिक्रिया दिनुहोस्: