वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

राजापुरमा जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सुरु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि अन्तर सम्वाद मामिला सम्वन्धि ३ दिने तालिम बुधबार देखि सुरु भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी जनताको काममा सहजता ल्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संमन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले बताए । स्थानिय तहमा नीति नियमको अन्यौलता र जनप्रतिनिधिहरु स्थानिय तह सञ्चालनमा पूर्ण जानकार नभएकाले यो तालिम पछि जनप्रतिनिधि र कर्मचारीहरु काममा जानकार हुने कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद थारुले बताए ।

कार्यक्रममा राजापुर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु गरी ५० जनाको सहभागिता रहेको छ । राजापुरको वडा नं. ३ मा रहेको राजापुर रिभर साईड होटल एण्ड लजमा सञ्चालन गरिएको तालिमको आयोजना जिल्ला समन्वय समिति बर्दियाले गरेको हो । तालिम ५ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: