वि.सं.   आइतवार, जेष्ठ १३, २०७५   तदनुसार  27 May 2018

प्रदेश नं ५ को उपसभामुखमा पुर्व कमलरी कृष्णी थारु निर्वाचित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन ६, २०७४ ।    

बुटवल ।
पुर्व कमलरी कृष्णी थारु प्रदेशसभा ५ को उपसभामुखमा निर्वाचित भएकी छिन् । उपसभामुख पदका लागि एमालेबाट थारु र कांग्रेसबाट रिना नेपाल बिकको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउंदै निर्वाचित भएकी हुन् ।
संसदको आजको बैठकमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । संसदमा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरेका थिए । निर्वाचित भए लगत्तै संचारकर्मीहरुसंग कुरा गदै उपसभामुख कृष्णी थारुले प्रदेशको निति निर्माण तथा दलहरुबिच समन्वय गर्न आफ्नो सक्रिय भूमिका रहने बताईन ।

पुर्व कमलरीहरुको हकहितमा आवाज उठाउदै आएकी कृष्णी थारु प्रदेशसभा ५ का लागि बर्दियाबाट नेकपा एमालेकी समानुपातिक सांसद हुन। प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: