वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

कृष्ण गड्तोलाको मन चोरी भए पछी… (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ११, २०७५ ।    

बर्दिया ।
कृष्ण प्रसाद गड्तोलाको लय तथा हरी प्रकाश भण्डारीको शब्द संकलनमा ‘चोरी भयो मन…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण प्रसाद गड्तोला र मालती खरेलको स्वर रहेको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिँकिदै गर्दा बर्दियाली गायक तथा सर्जक कृष्ण प्रसाद गड्तोलाले आफ्नो पहिलो ‘चोरी भयो मन…’ बोलको तिजगीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा सुनिल शाही र सुस्मिता घिमिरेले अभिनय गरेका छन् । समिर थोकरको निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने यस गीतको सम्पादन करन चापागाईले गरेका हुन् । गीतलाई भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । म्युजिक नेपालको यूट्युब च्यानल मार्फत भिडियो सार्वजजिक गरिएको छ ।

कृष्ण प्रसाद गड्तोलाको पहिलो तिज कोसेली ‘चोरी भयो मन…’

गीत : चोरी भयो मन…
स्वर : कृष्ण प्रसाद गड्तोला र मालती खरेल
लय : कृष्ण प्रसाद गड्तोला
शब्द : हरी प्रकाश भण्डारी
निर्देशक : समिर थोकर
छायाँकन : बासु बराल
सम्पादक : करन चापागाई

प्रतिक्रिया दिनुहोस्: