वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

प्राविधिक शिक्षा कार्यक्रमद्धारा निःशुल्क पशु स्वास्थ्य तथा कृषि परामर्श शिविर सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५ ।    

बअ सम्वाददाता/बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको श्री चुरे माध्यमिक विद्यालयमा संचालित प्राविधिक शिक्षा कार्यक्रमको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य सेवा तथा कृषि परामर्श सेवा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका–५, शाहीपुर गाउँमा आयोजना गरीएको निःशुल्क पशु स्वास्थ्य सेवा तथा कृषि परामर्श सेवा शिविरमा गाई, भैँसी, बाख्रा लगायतका पशुहरुलाई जुका, नाम्ले जुकाको औषधी खुवाईएको, गर्भ परिक्षण, बाँझोपनको उपचार, गोबर परिक्षण गरिएको विद्यालयका प्राविधिक शिक्षा कार्यक्रम संयोजक अशिम पौड्यालले बताए ।

शिविरमा ८० वटा गाई, १५० वटा भैँसी, २ सय वटा बाख्रा र ४० जनाको खेत तथा बारीको माटो परीक्षण गरीएको आयोजक विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: