वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

खो:खो राष्ट्रिय टिमका बर्दियाली खेलाडी तिमिल्सेना युवा प्रतिभा पुरस्कारबाट सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार २३, २०७५ ।    

आशिष तिमिल्सिना/भुरिगाउँ (बर्दिया) ।
युवा प्रतिभा पुरस्कारबाट खो:खो राष्ट्रिय टिमका खेलाडी गोपी प्रसाद तिमिल्सेना सम्मानित भयका छन् । ठाकुरबाबा नगरपालिका वडा न. १ बर्दिया निवासी खो:खो खेलका खेलाडी गोपी प्रसाद तिमिल्सेनालार्इ बिहिबार एक कार्यक्रमका बीच जिल्ला युवा समितिको कार्यालय बर्दियाले सम्मान गरेको हो ।

जिल्ला स्तरका युवा प्रतिभा तथा उद्धमीको खोजी र उनिहरुको कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय गुलरिया, बर्दियाले आयोजना गरेको उक्त कार्यक्रममा तिमिल्सेनालाइ खेलकुद क्षेत्रमा अनुकरणिय कार्य गरेको साथै खेलकुदकै माध्यमबाट नेपाल र आफ्नो जिल्ला बर्दियालाइ समेत देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै अक्षरुपी पाँच हजार नगद सहित सम्मान गरिएको हो ।

खेलाडी तिमिल्सेना विगत ५ वर्षदेखि खो:खो खेलको बर्दिया जिल्लाको टिम, क्षेत्रिय टिम अनि राष्ट्रिय टिमबाट खेल्दै आएका छन । २ वर्ष पहिले भारतमा भएको साग खेलमा नेपालले खो:खो खेलमा कास्य पदक हात पार्दा समेत उक्त टोलिका मुख्य सदस्य रहेका तिमिल्सेना देश तथा विदेशमा खेलिसकेका छन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति कार्यलयका प्रमुख श्री निलकण्ठ रेग्मिले खेलाडिहरुले आफ्नो कडा मेहनत र परिश्रमले पदक ल्याउदा समेत खेलाडिको प्रतिभा पहिचान हुन नसकेको बताउदै फेरिपनि यसरी नै देशलाई विश्वभर चिनाउन खेलाडिहरुलाइ सम्मान गर्ने बताए ।

खेलाडी राष्ट्रका गहना भएकाले खेलाडीलाइ देश तथा विदेशमा चिनाउन र खेल क्षेत्रमा विकास गर्न साथै नयाँ युवा प्रतिभालाइ खेलक्षेत्र प्रति आकर्षित गरि खेलकुदको माध्यमबाट देश बिकास गर्न आफुले अझै यस्तै सम्मान तथा कार्यक्रम र सहयोग गरिरहने जिल्ला युवा समिति बर्दियाका अध्यक्ष बिष्णु जोसिले बताए । तिमिल्सेना गत महिना मात्रै राष्ट्रिय टिम बाट भारतमा खोस्खोस् टेस्ट सिरिज खेलेर फर्फेका हुन । आगामी दिन मा देश  र बर्दिया जिल्ला लाई चिनाउन थप मेहनत् गर्ने तिमिल्सेना ले बताएका छन् । यसरी सम्मानित भई रहँदा आफुमा अझै जम्मेवारी थपिएको महशुस भएको तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्: