वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

खातामा भएको दुर्घटनामा परेका घाईते मध्यका एकको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १५, २०७५ ।    

मधुवन (बर्दिया) ।
हुलाकी सडक अन्तरगत ढोढरी ओराली बजारको खाता करिडोर क्षेत्रमा आईतबार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा परि घाईते भएका १३ जना मध्ये एक जनाको मृत्यु भएको छ ।

कैलालीको टिकापुर नगरपालिका—१ का ६० बर्षिया विर बहादुर दमाईको नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा आईतबार राती मृत्यु भएको आफन्त धनविर परियारलाई उद्दृत गर्दै ईलाका प्रहरी कार्यालय ढोढरी जनाएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा बारबर्दिया नगरपालिकाका ३ जना, राजापुर नगरपालिकाका ७ जना, कैलाली टिकापुरका २ जना र मधुवन नगरपालिकाका १ जना रहेका छन् ।

मृतक विर बहादुर दमाइलार्ई दुर्घटनामा परेका घाईतेको उद्धारमा जादा अर्र्काे गाडीले ठक्कर दिएको थियो ।  घाईते मध्ये सहचालक श्यामलाल थारुको खुट्टामा गहिरो चोट लागेको छ ।  शान्तिबजारबाट नेपालगञ्ज जादै गरेको ना ७ ख ७३२८ नम्बरको भेरी यातायात प्रा.ली.को बस आइतबार विहान ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्: