वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दियाको खैरापुरमा बस दुर्घटना एक जनाको मृत्यु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, मंसिर ६, २०७५ ।    

गुलरिया, बर्दिया ।
सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना हुँदा बसमा सवार एक जनाको मृत्यु भएको छ ।

बिहीबार भएको दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दुर्घटनामा १५ यात्रु घाइते भएका छन् । ३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ  । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: