वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बढैयातालको सुदामा वृद्धाआश्रमलाई खाद्यान्न हस्तान्तरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५ ।    

बिमला ढकाल/बर्दिया ।
बढैयाताल गाउँपालिका वडा नम्बर ७ मा रहेको सुदामा वृद्धाआश्रमलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । नेपाल निजामती युनियन कर्मचारी संघले आफ्नो २८ औ स्थापना दिबसको अबसरमा वृद्धाआश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

कार्यक्रमका सहभागीहरुले वृद्धाआश्रमलाई खाद्यान्न हस्तान्तरण गर्ने कार्य राम्रो तथा अरुका लागी पनि प्रेरणदायी भएको बताएका छन् । नेपाल निजामती युनियन कर्मचारी संघले करिब ४० हजार बराबरको नुन, तेल, चामल लगाएतको खाद्यान्न वृद्धाआश्रमलाई हस्तान्तरण गरेको हो ।

अहिले वृद्धाआश्रममा ८ जना बृद्धवृद्धाहरु रहेका छन् । सघंले उनिहरुलाई झण्डै २ महिना सम्म पुग्ने खाद्यान्न हस्तान्तरण गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: