वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

‘केरा लैजाउँ…’भन्दै धमाका मच्चाए बर्दियाली गायक गेमराज गिरीले (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५ ।    

ठाकुरबाबा,बर्दिया।
स्टेज तताउन माहिर बर्दियाका प्रतिभाशाली गायक गेम राज गिरी फेरी एक पटक साँगितिक माहोल तताउन आएका छन । “केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर…”  बोलमा रहेको पश्चिमको निकै लोकप्रिय भाका टप्पा गीत लिएर बजार तताउन आईपुगेका हुन । नाचुँनाचुँ लाग्ने यो टप्पा गीतले यो वर्षको चिसो भगाउने निश्चित जस्तै छ । डान्सिङ मूडमै रहेको गेमराजको अघिल्लो साँगितिक भेट “तिमी जवान, म नि जवान…” गीत चर्चित बनेको थियो ।
यो टप्पा गीत गेमराजले आफ्नै मामा स्व. भुपेन्द्र प्रकाश गिरीको शब्द, संगित रहेको गीतलाई रिमेक गरेर बजारमा ल्याएका हुन । यो गीतमा स्वर गेमराज गिरीको रहेको छ भने अभिनयमा बर्दियाकी सुन्दरी अन्जली अधिकारी र प्रकाश सपुतको दमदार नृत्य हेर्न सकिन्छ । नबिन घर्तीमगरको सम्पादनमा बनेको म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका हुन भने मौसम हिमालीले निर्देशन गरेका हुन ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: