वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

कौशिलानगरमा वडाध्यक्ष कप खुला फुटबल प्रतियोगिता शुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, अशोज १९, २०७५ ।    

कोहलपुर,बाँके।
बाँकेको कोहलपुरमा बिहिबारदेखि वडा अध्यक्ष कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको एभरेष्ट युथ स्पोर्ट क्लवको आयोजनामा बिहिबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो ।
फुटबल प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । फुटबल प्रतियोगितालाई उद्घाटन गर्दै प्रमुख रावतले वडा नं. १ ले सुरुवात गरेको फुटबल अभियानले युवाहरुलाई खेलकुदका माध्यमबाट विकास निर्माणको अभियानमा जोड्ने बताए । यसैगरी वडा नं. १ का अध्यक्ष गोपीलाल खनालले विकास भनेको बाटो घाटो बन्नुमात्र नभएको जिकिर गर्दै युवाहरुलाई सहि बाटोमा लगाउन खेलकुदमा सहयोग गरेको धारणा राखे ।


प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरेष्ट युथ स्पोर्ट क्लव, कौशिलानगरले सिटि स्पोर्टस् कलव विकासनगरलाई शुन्यका विरुद्ध ५ गोल गरेर विजयी भएको छ । एभरेष्टका लागि जीवन ठकुरीले ह्याटि’क गरे भने बिमल रानाक्षेत्री र अमृत शाहीले १, १ गोल गरेका थिए ।
एक दर्जन क्लवहरुको सहभागीता रहेको फुटबल प्रतियोगितालाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबल हस्तान्तरण गरेर सुरु गरेका थिए । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै क्लवका अध्यक्ष महेश थापामगरले धेरै वर्षपनि कौशिलानगरले फुटबल प्रतियोगिताको आयोजना गरेको जानकारी दिँदै यसले युवाहरुको खेलकुद विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्: