वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

नुहाउने क्रममा करेन्ट लागेर कर्मलामा एक जनाको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–२, मा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । आफ्नै घरको धारामा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेण्ट लाग्दा ठाकुरबाबा नगरपालिका–२, कर्मला गाउँका ३५ बर्षिय करम बहादुर थारुको ज्यान गएको पारिवारिक स्रोतले जनाएको हो ।

घरका अरु सबै सदस्य घरभित्र थिए धारामा मोटर चलाएर नुहाउन लागेका बेला करेण्ट लागेर धारामा टाँसिएको अवस्थामा घरपरिवारका सदस्यले देखेको र बत्तीको स्विच बन्द गरेर थारुलाई उपचारका लागि लगिएको स्थानिय फिरु चौधरीले बताए ।

करेण्ट लागेपछी उपचारका लागि नेपालगंज मेडिकल कलेज लैजादै गर्दा ज्यान गएको बताईएको छ । मृतक थारुको शव भेरी अंचल अस्पताल नेपालगंजमा पोष्टमार्टम गरी परिवार जिम्मा लगाईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: