वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

जिल्लास्तरिय कराते खेलाडी छनौट प्रतियोगिता बाँसगढीमा सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १६, २०७५ ।    

बाँसगढी,बर्दिया।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत बर्दिया जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको कराते खेलको जिल्ला छनौट प्रतियोगिता बाँसगढी नगरपालिका-३, पुष्प नगरमा सम्पन्न भएको छ। कराते खेल प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुमा :
पुरुष तर्फ ५० केजी समुहबाट भरत बुढा, ५५ केजी समुहबाट शोभाकान्त लामिछाने, ६० केजी समुहबाट संदीप चौधरी, ६७ केजी समुहबाट अमर थापा मगर, ७५ केजी समुहबाट अभिषेक थारू, ८४ केजी समुहबाट साजु अली, ८४+केजी समुहबाट इनल शाही छनौट भएका छन भने महिला तर्फ ४५ केजी समुहबाट शुष्मा खत्री, ५० केजी समुहबाट संगीता गिरी, ५५ केजी समुहबाट बेन्जु चौधरी, ६१ केजी समुहबाट निशा शाह छनौटमा परेका हुन।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द्रको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा सिजी फुड प्रा लि का एच आर प्रमुख तुलसी रेग्मीको विशिष्ट आतिथ्यता थियो । साथै नगरका समाजसेवी बुद्धिजीवी जेष्ठनागरिक साथै पुष्पनगरवासीको भब्य उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको बर्दिया जिल्ला कराते महासङ्घका सचिव साथै खेलाडीसमेत रहेका इनल शाहीले जानकारी दिए। छनौट खेल बर्दिया जिल्लाका करातेका सहायक प्रशिक्षक जगतजङ शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्: