वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

कन्ठपुरमा बालश्रम सम्बन्धी चेतनामुलक कार्यक्रम

          |   प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ ।    

अजय चापागाई/कण्ठपुर ।
बालश्रम मुक्त जिल्ला हाम्रो अभियान,निकृष्ट बालश्रमको अन्त्य पहिलो समाधान भन्ने मुल नारा सहित बढैयाताल गाँउपालिका, कन्ठपुरमा बालश्रम अन्त सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालन भएको छ ।
युवा सामुदायिक उत्थान मञ्च, बढैयाताल गा.पा.को समन्वयमा प्लान ईन्टरनेस्नलको आर्थिक सहयोगमा सोमबार विभिन्न कार्यक्रम सञ्चालन भएको हो । बढैयाताल गाँउपालिकाश्रम मुक्त घोषणा भई सकेको अवस्थामा अहिले जनचेतनामुलक र्‍याली, नाटक र विभिन्न मनोरञ्जनात्मक कार्याक्रम सञ्चालन भएको प्लान ईन्टरनेसनलका विकास संयोजक प्रेम के.सी ले बताए ।


बढैयाताल गाँउपालिका बालश्रम मुक्क्त गाउपालिका घोषणा भएको र कहि बसैले बालश्रममा लगाएका पाईएमा कानुन बमोजीम २ वर्ष जेल र दश हजार जरिवाना हुने व्यवस्था रहेको छ ।
पचासा चोकमा अनौपाचारीक रुपमा सञ्चालनमा आएको कार्याक्रममा बोल्दै बढैयाताल गाँउपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमले भनिन्–“बालबालीकालाई श्रममा लगाउन हुदैन यस्तो कार्य कानुन बमोजीम दण्डनीय हुन्छ ।” साथै बढैयाताल गाँउपालिकाको लागी १० लाख बालबालीकाको लागी बजेट छुट्टाएको र २० लाख युवा लक्षत कार्याक्रमको लागी बजेट रहेको गौतमले बताईन् ।

प्रतिक्रिया दिनुहोस्: