वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

मधुवनमा शुरु भयो ४ दाजुभाईको ‘छाडा चौपाया संकलन केन्द्र’

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५ ।    

प्रेम बुढा, मधुवन (बर्दिया)।
पछिल्लो समय बर्दियाका मुख्य बजार तथा गाँउघरमा छाडा पशु चौपायाका कारण समस्या भईरहेको छ । जिल्लाका सबै स्थानिय सरकारलाई छाडा चौपाया व्यवस्थापन गर्न चुनौति छ । तर मधुवन नगरपालिकाकामा देखिएको छाडा चौपाया व्यवस्थापन गर्न भने त्यहाँका स्थानिय ४ दाजुभाई मिलेर छाडा चौपाया संकलन केन्द्र सुरु गरेका छन । स्थानिय बेद प्रसाद शर्माका ४ दाजुभाई मिलेर कान्जीहाउस सञ्चालनमा ल्याएका हुन ।

कान्जीहाउसले पशु व्यवस्थापन नगरि समस्या बनाए सञ्चालकलाई नै कानुनी दायरामा ल्याइने गरी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको हो ।

नगरपालिकाको वडा नं. ५ मा उनिहरुले आफनै जग्गामा कान्जीहाउस सञ्चालनमा ल्याएका हुन । कान्जीहाउसको मंलगबार नगर प्रमुख गणेश क्षेत्रीले उद्घाटन गरे । छाडा चौपायाका कारण किसानको बालीमा नोक्सान हुने क्रम बढेसंगै नियन्त्रण गर्न मधुवन नगरपालिकामा छाडा चौपाया संकलन केन्द्र सुरु गरिएको सञ्चालक वेद प्रसाद शर्माले बताए ।
आफनो २ विघा १० कठ्ठामा तारबार गरी उनिहरुले कान्जीहाउस सञ्चालनमा ल्याएको पहिलो दिन नगरपालिकाका गाँउ गाँउबाट छाडा तथा घरमा पालेका गाईवस्तु छोड्न आउनेको भिड लागेको थियो ।
छाडा पशु लिएर कान्जीहाउस पुग्नु भएकी स्थानिय मन्जु शर्माले करेसाबारीका उत्पादन खाएर हैरान बनाएकोले कान्जीहाउसले त्यसलाई न्यूनिकरण गर्ने आशा व्यक्त गरिन । जिल्लाको राजापुर ,बाँसगढी, ठाकुरबाबा नगरपालिकाका मूख्य बजारमा छाडा चौपाया नियन्त्रण नहुदा यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको छ । दिनभरीको चर्काे घाममा छाना टहरा तथा घास परालको प्रयाप्त व्यवस्था विनै सुरु गरिएको कान्जी हाउसले पशुको खान, वस्ने पाउने व्यवस्थापन राम्रो गरेको खण्डमा नगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैया समेत आर्थिक सहयोग गर्ने नगर प्रमुख गणेश क्षेत्रीले बताए ।
२ सय छाडा पशु अट्ने क्षमताको कान्जीहाउसले पशु व्यवस्थापन नगरि समस्या बनाए सञ्चालकलाई नै कानुनी दायरामा ल्याइने गरी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको हो । यस अघी गुलरीया नगरपालिकाको खैरापुर क्षेत्रमा समेत कान्जीहाउस सञ्चालनको अभ्यास भएको थियो। छाडा चौपाया व्यवस्थापन भए पछि स्थानियहरुमा पशु आतंक कम हुने र बाली संरक्षण हुने आशा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्: