वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

राजापुर नगरपालिकाका कर्मचारीहरु बिरोधमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस १६, २०७५ ।    

मिन अधिकारी/राजापुर।
बर्दियाको राजापुर नगरपालिका अन्तरगतका निजामती र स्थानिय सेवाका कर्मचारीहरु विरोधमा उत्रिएका छन । सरकारले हाल गरेको कर्मचारीको समायोजन सम्बन्धी अध्यादेशमा विभेद र अन्यायपूर्ण ढङ्गले समायोजनको व्यवस्था रहेको भन्दै उक्त अध्यादेश प्रती असन्तुष्टी जनाउदै आजबाट साङ्केतिक रुपमा कालो पट्टी बाँधेर विरोध कार्यक्रम सुरु गरेका हुन् ।
निजामती सेवा ऐन २०४९ र नियमावली २०५० मा रहेको सेवा शर्त र वृद्धि विकासको अवसरको निरन्तारता दिन, वृति विकासका अवसर,मर्यादाको क्रमको सम्मानसँगै उच्च मनोबलका साथ प्रदेश र स्थानिय सेवामा समायोजन हुने वातावरण मिलाउन, बढुवा र तलब बृद्धि भन्दा आत्मसम्मानमा जोड दिन, साविक स्थानिय निकाय र हाल स्थानिय तहमा समायोजन हुने कर्मचारीको बढुवा र ग्रेडवृद्धि जस्ता मागहरुको सम्बोधन गर्नुपर्ने माग राख्दै आफुहरु विरोध गरेको राजापुर नगरपालिका अन्तरगतका निजामती र स्थानिय सेवाका कर्मचारीहरुले बताएका छन् । आज १६ गतेबाट कालो पट्टी बाँधेर विरोध कार्यक्रम सुरु गरेका छन् । यस्तै १७ गते विहान २ घन्टा काम रोक्ने र १८ गते दिनभरी काम रोक्ने राजापुर नगरपालिकाका लेखा अधिकृत एवम संघर्ष समितीका सदस्य बखत बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्: