वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

जुवाडे जोगाउन प्रहरीकै फोन : जवानलाई विभागिय कारबाही

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, जेष्ठ १२, २०७५ ।    

प्रेम बुढा, मधुवन (बर्दिया)।
गत जेष्ठ ८ गते मंगलबार साझ मधुवन नगरपालिका—६ मा भएको जुवा काण्ड र प्रहरीको छापा मार्ने कार्यलाई प्रभावित गर्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय सानोश्रीका एक प्रहरी जवानलाई विभागिय कार्वाही भएको छ । छापा हान्न पुगेको समयमा घर धनी समेत रहेका जुवाडे भोदु चौधरीको मोबाईल नं. मा फोन सम्पर्क गरि भगाउन खोजेको पाईए पछि प्रहरी जवान प्रेम विर विक लाई विभागिय कार्वाही गरिएको प्रहरी उच्च स्रोतले बतायो ।

कार्वाहीमा परेका वि.क. लाई शुक्रबार देखि हाजिर हुने गरि पाताभार इ. प्र.का.मा पठाइएको हो । तर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले नियमित सरुवा पक्रिया अन्तरगत पठाईएको बताए । उनका अनुसार ‘अन्य ठाँउबाट पनि सरुवा गरिएको छ, जुवाडे उम्काउने निजले गरेको फोन सम्पर्कका बारे अनुसन्धान भइरहेको छ ।’ जुवा काण्डपछि अन्य थुप्रै लगानीकर्तालाई पक्राउ गर्नु पर्ने नागरिकहरुले माग गरेका छन । यस काण्ड पछि मधुवनमा फेरी जुवा खेलाउने काम रोकिएला कि फेरी सुरु होला चासोको विषय बनेको छ भने अव प्रहरीले जुवा खेल्ने खेलाउने अवैध धन्दा रोक्न कस्तो कदम चाल्ने हो प्रतिक्षाकोे विषय बनेको स्थानियहरुको भनाई छ ।


जुवाडे जोगाउन प्रहरीकै फोन

मधुवनको जुवा काण्डमा ३ लाख ६४ हजार नगद फेला प¥यो । उक्त समयमै बरामद भएको भोदु चौधरीको मोबाईलमा ईलाका प्रहरी कार्यालय सानोश्रीका प्रमुख हरि खड्काको टोलीले छानविन सुरु ग¥यो । ‘भोदु चौधरीको मोबाईलबाट हानिएको नम्बर र उनको मोबााईलमा आएको नम्बर क्रश भेरिफिकेसन(दोहोरो परिक्षण) गर्दा हाम्रो प्रहरी जवानले छापा हान्नुको ठिक १ मिनेट अगाडी पछाडी गरि २ पटक कल गरेको पाईयो’ प्रमुख खड्काले बताए- ‘सूचना चुहाउने र भगाउने उद्देश्यले फोन गरेको हुन सक्ने देखियो ।’

स्रोतका अनुसार उक्त दिन दिउसो ४ बजेर १८ मिनेटमा भोदुको मोबाईलबाट गजेन्द्रको नम्बरमा कल गएको छ । त्यस पछि ४ बजेर २८ मिनेटमा विर बहादुरलाई फोन सम्पर्क भएको छ । ५ बजेर १४ मिनेटमा दुईवटा नँया एनटिसी र एनसेलको नम्बरमा सम्पर्क भएको छ । प्रहरीका अनुसार करिब ५ बजेर ३५ मिनेटको आसपासबाट जुवा खेल्न सुरु भएको देखिन्छ । स्रोतले भन्यो त्यस दिन जिल्लाबाट आएको प्रहरी टोलीले दिउसै देखी तयारी गरिरहेको थियो । खेल सुरु भएको करिब ७÷८ मिनेटमा सानोश्री चौकीलाइ छापा हान्ने कार्यमा सामेल हुन आदेश पुगेसंगै टोली भोदु चौधरीको घर तर्फ मुभ भयो । त्यसक्रममा प्रहरी जवान वि.क.ले ५ बजेर ४२ मिनेटमा पहिलो पटक र ५ बजेर ४४ मिनेटमा दोस्रो पटक जुवाडे मध्ये भोदु चौधरीको मोबाईलमा सम्पर्क गरेको देखिएको छ । जहाँ भोदु चौधरीले ‘पुलिस भाई’ भनेर मोबाईल नम्बर सेभ गरेको पाईएको छ । जुन अवस्था सम्म जिल्लाको टोलीले जुवा खेलाइरहेको कोठा कब्जामा लिइसकेको प्रहरी स्रोतको भनाई छ ।

प्रहरी जवान वि.क. को काम कार्वाहीका बारेकामा व्यापक जनगुनासो बढिरहेको थियो ।यस अघि घुमुवा रहेका प्रहरीले नै सूचना चुहाउने र जुवाडेलाई बर्षाै देखि बचाउदै आएको गुनासो बढे संगै सानोश्री इलाका प्रमुख हरी खड्काले वि.क लाई घुमुवाबाट हटाई कार्यालय तानिएको बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...