वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

जुवाको अखडामा प्रहरिको छापा ; ६ जना पक्राउ

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५ ।    

प्रेम बुढा/मधुवन (बर्दिया) ।
वर्षौ अघि देखि जुवा खेलाउदै र खेल्दै आएका केही जुवाडेलाई प्रहरीले मंगलबार मधुवन नगरपालिकाको वडा नं. ६ बाट पक्राउ गरेको हो ।

जुवाको अखडा बनेको भोदु चौधरीको घरमा छापा हानी उनी लगाएत मधुवन नगरपालिका–९, का ५९ बर्षिया विर बहादुर मगर, मधुवन—६, बस्ने २६ वर्षका सागर गुप्ता , मधुवन–८, बस्ने ५५ बर्षका आसिक अली, गुलरीया नगरपालिका–१, का ५० वर्षिया विष्णु खनाल र सोही वडा बस्ने गजेन्द्र यावद गरि ६ जना पक्राउ परेका हुन । सानोश्री क्षेत्रमा वर्षौ देखि लाखौंको रकम डुवाउने गरि जुवा खेलाउन कार्य भई रहे पनि प्रहरीबाटै सूचना चुहिदा जुवाडेका संरक्षण प्रहरीले नै गरिरहेको जन गुनासो बढिरहेको थियो ।

तर मंगलबार बेलुका जिल्लाबाट खटिएको प्रहरी टोली उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले ३ लाख ६४ हजार नगद सहित केही थान मोबाईल सेट बरामद गरेको हो । पक्राउ परेका ६ जनालाई हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानका भईरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिए ।

जुवा ऐन २०२२ अनुसार जुवा खेल्नेलाई २ सय तथा जुवा खेलाउनेलाई ३ सय देखि ४ सय जरिवाना तथा एक हप्ता सम्मको कैद हुन सक्ने कानुनी व्यवस्था भएको जिल्ला अदालतका श्रेष्तेदार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए ।

‘पटके भए सजाय बढी हुन्छ’ उनले भने‘अहिले जुवा ऐन संशोधन भएको छ, त्यसमा अलि कडा सजाय तोकिएको छ तर त्यो ऐन आउने भदौ महिनाको १ गते बाट लागु हुने छ ।’ जुवा खेलाउने र जुवामा पैसा लगानी गर्न जिल्लाका विभिन्न स्थानबाट मानिसहरु आउने गरेको स्थानियले दावी गरेका छन । सामाजिक सञ्जालमा प्रहरीको कार्यलाई धेरैले प्र्रशंसा गरे पनि जुवामा लगानी गर्ने अन्यलाई समेत पक्राउ गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: