वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

क्यूपेक नेपालको तेश्रो जिल्ला अधिवेशन बढैयातालमा हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन १४, २०७५ ।    

सोम गुरुङ्ग, बर्दिया ।
‘विश्वका मजदुर एक हौं’ साथै ‘क्यूपेक नेपालको सराकोर, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मुल नाराको साथ नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) बर्दियाको तेश्रो जिल्ला अधिवेशन फागुन १४ गते बढैयाताल गाउँपालिकाको भौलागौडीमा हुने भएको छ ।

संचालन हुने जिल्ला अधिवेशनको प्रमुख अतिथिका रुपमा क्यूपेक नेपालका केन्द्रिय अध्यक्ष नरनाथ लुईटेल रहने आयोजकले जनाएके छ । अतिथिहरुमा क्यूपेक नेपालका केन्द्रिय सचिव कृष्ण ढुङ्गेल,  केन्द्रिय सदस्यहरु बलादेवी राई, टिकाराम श्रेष्ठ, जिफन्ट प्रदेश सदस्य ख्याम बहादुर के.सी., कृषि फापुन केन्द्रिय अध्यक्ष पूर्णचन्द्र उपाध्याय लगायतको सहभागिता रहने क्यूपेक नेपालका केन्द्रिय सदस्य पदम बहादुर बुढाले मगरले बताए ।

बढैयातालमा हुन लागेको यो जिल्ला अधिवेशन सफल पार्नको लागि सम्पूर्ण तयारी भईसकेको क्यूपेक नेपाल, बढैयाताल गाउँपालिका कमिटिका अध्यक्ष खेम बहादुर रावत क्षेत्रीले बताए । सम्पूर्ण मजदुर एक जुट भएर अगाडि बढिरहेको जिफन्ट बढैयाताल गाउँपालिका कमिटिका अध्यक्ष मोहन बहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...