वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

जिल्ला शिक्षा अधिकारी नेपाल विरुद्ध यौन दुर्व्यवहार अभियोगमा मुद्दा दर्ता

        छापाबाट   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ ।    

गुलरिया (बर्दिया) ।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल विरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन् ।

फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत विहीबार दुर्व्यवहारको सिकार भइकी थिइन् । उनको फुपुले सोही कार्यालयका कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टी भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपु खाना पकाउनका लागि किचनमा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बाहनामा दुर्व्यवहार गरेको आरोप छ । पढाउने बाहनामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुर्व्यवहार गरेको आरोप छ । नेपालको खोजी कार्य भइरहेको एसपी जनक भट्टराईले बताए । उनका अनुसार नेपालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

– निर्मल घिमिरेको यो समाचार हामीले नागरिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: