वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बाख्रा चराउन गएकी मुक्त कमैया टोलकी १४ वर्षिय किशोरी मृत फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक १२, २०७५ ।    

मिन अधिकारी/राजापुर।
बर्दियाको राजापुर नगरपालिका-४ छेडियाको मुक्त कमैया टोलमा बस्ने १४ वर्षिया किशोरी प्रमिला चौधरी मृत अवस्थामा फेला परेकी छिन् । आइतबार बिहान नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी चौधरी आज रुखमा झुन्ड्याईएको अबस्थामा फेला परेकी हुन् ।

आइतबार दिउसो २ बजे बाख्रा चराउन जङ्गल गएको र साझँसम्म पनि घर नफर्केपछी स्थानीयको सहयोगमा गाउमा खोजी गर्दा पनि बालिकालाई नभेटेपछि परिवारले आज बिहान ईलाका प्रहरी कार्यालय राजापुरमा जानकारी गराएको थियो । जानकारी पाए लगत्तै प्रहरी,पत्रकार र स्थानीयबासीको सहकार्यमा बिहानैदेखि खोजी गर्दै जादा नजिकैको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा किशोरि फेला परेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक वद्री प्रसाद ढकालले बर्दिया अनलाइनलाई जानकारी दिए । घटनाको प्रकृति हेर्दा घटना शंकास्पद रहेको र घटनाबारे पनि अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक वद्री प्रसाद ढकाले बताए ।

राजापुरमा डाक्टरको अभावको कारण लासको पोष्ट मार्टमका लागि कैलालीको टिकापुर अस्पतालमा पठाईएको छ । पोष्ट मार्टमको रिपोट आउन एक हप्ता लाग्ने टिकापुर अस्पतालले  जनाएको  छ । मृतक प्रमिला राजापुरको अमर शहिद श्री दशरथ चन्द मा विमा कक्षा ८ मा पढ्ने गरेको मृतककी आमाले वताईन ।

प्रतिक्रिया दिनुहोस्: