वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

झुलको प्याकेटमा उपहार रहेको भ्रामक प्रचार ; विक्रिमा रोक लगाउन प्लास्टिक च्यातिएको भनाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।

औलो रोग नियन्त्रणका लागि बर्दियाका अति प्रभावित क्षेत्रमा सुपानेट झुल वितरण गरिएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ बारबर्दिया नगरपालिकाको बनियाभार, मगरागाडी तथा कालिका र ढोढरी क्षेत्रका गाउँका स्थानीयवासीलाई स्वास्थ्य मन्त्रालयको सहयोगमा झुल वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्र अधिकारीले बताए ।

यता जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ । पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने बर्दियामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको छ । तर पछिल्लो समय यी तीन स्थानमा औलो र मलेरियाको जोखिम बढी देखिएकाले झुल वितरण गरीएको हो । दुई व्यक्ति एक झुल तथा पारिवारिक सम्बन्धका आधारमा प्रति व्यक्ति एक झुलको आधारमा झुल वितरण गरिरहेको बताईएको छ ।

झुल वितरण गर्दा प्लास्टीक च्यातिएकोमा सुपानेट झुलको भित्र विभिन्न उपहार तथा नगद रकम रहेकाले प्लास्टीक च्यातेर वितरण गरेको जस्ता विभिन्न भ्रामक खबर फैलाईएको पाईएको छ ।

बर्दिया, बाँके र दाङमा सुपानेट झुल वितरण गरिएको छ । यसैबिच झुल वितरण गरेपछी पुर्वी तराईका केही जिल्लाका स्थानियले झुल विक्री गरेको पाईए पछी झुलको प्लास्टीक च्यातेर वितरण गरीएको छ । झुल वितरण गर्दा प्लास्टीक च्यातिएकोमा सुपानेट झुलको भित्र विभिन्न उपहार तथा नगद रकम रहेकाले प्लास्टीक च्यातेर वितरण गरेको जस्ता विभिन्न भ्रामक खबर फैलाईएको पाईएको छ । भ्रम फैलाईए पछी स्थानियवासी र झुल वितरण टोली बिच तनाव पनी सिर्जना भएको छ । औलो, मलेरीया लगायतका रोग प्रभावित गाउँमा बाडिएको झुल अन्यत्र विक्री नहोस भन्ने उदेश्यले प्लाष्टिक च्यातिएको जनाईएको छ । झुल राखिएको प्लाष्टिक भित्र त्यस्तो केही उपहारजन्य वस्तु नभएको र त्यस्तो कुनै समस्या नआओस भनेर जनप्रतिनिधीको अगाडी झुलको प्लास्टिक च्यातेर दिएको रुलर डेभलपमेन्ट फाउन्डेसनका अनुगमन तथा मुल्याङनकर्ता मनिष महत चौधरीले बताए ।

औलो लामखुट्टेको माध्यमबाट सर्ने एक सरुवा रोग हो । प्लाज्मोडियम भन्ने परजीवीका विभिन्न जातका कारण यो रोग लाग्ने गर्दछ । पोथी एनोफिलिस जातको लामखुट्टेले मानिसलाई टोकेमा औलोको संक्रमण हुन सक्छ । सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: