वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

भुरीगाउँमा जेष्ठ नागरिक स्वागत तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    

गोपाल घिमिरे/बर्दिया ।

जेष्ठ नागरिक चौतारीको वडा इकाइ समितीबाट आएका ९ वटै वडाका प्रतिनिधीहरुलाई स्वागत र आजीबन सदस्यहरुको सम्मान कार्यक्रम बिहिबार ठाकुरबाबा नगरपालीका–१, भुरीगाउँमा सम्पन्न भएको छ ।

जेष्ठ नागरीक चौतारीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरीक चौतारीका २२ जना आजीवन सदस्य र समाजसेवी भोजराज तिमील्सैनालाई सम्मान गरीएको हो । कार्यक्रमका बिशिस्ट अथिती चक्रबहादुर शाहिले २२ जना आजिवन सदस्य र समाजसेवी भोजराज तिमील्सैनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा जेष्ठ नागरीक चौतारीका सचिब हरिकृष्ण अधिकारीले संस्थाको परिचय र गतिबिधी सहितको २०७४/७५ को आय–व्यय प्रस्तुत गरेका थिए।

समाजसेवी तिमील्सैनाले राष्ट्रिय समाज कल्याण परिसदका सदस्य सचिब र आफ्नो ब्यक्तीगत पहलमा जेष्ठ नागरीक चौतारी भुरीगाउको खातामा राष्ट्रिय समाज कल्याण परिसद मार्फत जेष्ठ नागरीक चौतारीको भबन निर्माणको प्रारम्भीक कामका लागी ५ लाख रुपैया उपलब्ध गराएको र काम सुरु भइसकेपछि अन्य सहयोगहरुको लागि पनि आफुले सक्दो पहल गर्ने बताए। जेष्ठ नागरीक चौतारीका अध्यक्ष लक्ष्मीकान्त तिमील्सैनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: