वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, जेष्ठ १८, २०७५ ।    

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका वडा नं. ३ को कार्यालय बगनाहाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक संजाल ठाकुरबाबा नगरपालिका–३, बर्दियाकोे आयोजनामा बगनाहाको साझा प्राङ्गणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिका–३, मिर्चैया निवासी ९४ वर्षिय पुकना थारु सहित ४३५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ३ को कार्यालय बगनाहाले जेष्ठ नागरिकको हितमा छुट्याईएको बजेट रकमबाट जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था जेष्ठ नागरिक संजालले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख घननारायण श्रेष्ठले जेष्ठ नागरिकहरुको सम्मान गर्दै जेष्ठ नागरिकहरु अभिभावक मात्र नभएर भगवानसरी रहेकाले उनिहरुको स्याहार गर्ने जिम्मा सम्पुर्णको रहेको बताए । बृद्धबृद्धाहरुको हितको क्षेत्रमा नगरपालिकाले गृहकार्य गरिरहेको समेत नगरप्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै वडा नं ३ का वडाअध्यक्ष श्रीकृष्ण थारुले जेष्ठ नागरिक समाजको अग्रपंक्ती भएकाले जेष्ठ नागरिकहरुको समस्यालाई वडा कार्यालयले पहिलो प्राथामिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्: