वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

लथालिंग बन्दै जनता आवास

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, चैत्र १४, २०७४ ।    

गुलरिया, बर्दिया ।

चैत्र वैशाखको गर्मीसँगै बर्षादको समय नजिकिँदै जाँदा गुलरिया नगरपालिका वडा नम्वर ९ निवासी शान्ता वैगार सरकारले जनता आवास कार्यक्रम मार्फत निर्माणाधिन सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेकोमा दिक्क छिन् । बर्षौ देखि हुरीवतास लगायत वाढीको सामना गर्दै आएकी वैगारलाई सरकारले दिएको आवास बजेट अभावका कारण समयमै सम्पन्न नहुँदा यस पटकको बर्षा पनि संघर्षमै विताउनु पर्ने पिरलो छ ।

सरकारले गरीव जनतालाई सुरक्षित वसोवासका लागि निर्माण गर्ने लक्ष्य लिएको जनता आवास आर्थिक अभावमा निर्माण सम्पन्न हुन नसक्दा अधुरै रहेको उनले वताईन् । घर बनेपनि झ्याल, ढोका लगायत छानो छाउन समेत रकम अभाव भएपछि चिन्ता थपिदिएको छ । उनले भनिन बर्षा आउन थालिसक्यो छानो लाउने पैसा छैन । सरकारले बाँकी रकम चाडैं उपलब्ध गरिदिए छानो समयमै हाल्ने उनको धोको छ ।

सरकारले वादी, गन्धर्व, सोनाहा, राजी लगायतका लोपोन्मुख जातीलाई जनता आवास कार्यक्रम मार्फत सुरक्षित वसोवासका लागि निर्माणाधीन आवासहरु बजेट अभावमा लथालिङ्ग भएका हुन् । बर्षादको समय नजिकिँदै गर्दा पनि आवस्यक बजेट उपलब्ध नहुँदा निर्माणाधिन भवनहरु अलपत्र परेका हुन् । जनता आवास कार्यक्रम मार्फत सरकारले यसबर्ष बर्दियामा १ हजार घर निर्माण गर्ने कार्यक्रम रहेको सहरी विकास डिभिजन कार्यालय बाँकेका ईन्जिनियर हुमनाथ भुषालले बताए ।

उनले भने प्रति घर निर्माणका लागि २ लाख १५ हजार रुपैया बराबरको निर्माण सामाग्री समुदायलाई उपलब्ध गराएका हौं । उनले अगाडी थपे चालु आर्थिक बर्षको सवै रकम खर्च भएपछि सरकारले जनता आबास कार्यक्रमलाई दिएको रकम अपुग भएको छ । सरकारले विपन्न तथा सिमान्तकृत जाती तथा समुदायलाई सुरक्षित बसोवास अन्र्तगत निर्माणको प्रकृयामा रहेका आवासहरु समयमै बजेट उपलब्ध गराउन नसक्दा लथालिङ्ग

र अलपत्र अवस्थामा छन् ।घरहरु ठडिएपनि प्लाष्टर लगायत छाना छाउन नसक्दा विपन्न वर्गहरु थप मारमा परेको रामपुर निवासी शान्ति विकको गुनासो छ । उनले भनिन भवन निर्माणका लागि सरकारले कति रकम दियो भन्ने समेत हामीलाई थाहा छैन । कार्यक्रमले पारदर्शिता तर्फ कुनै ध्यान नदिएको उनको भनाई छ । ईटा, सिमेन्ट, रड लगायतका निर्माण सामाग्री समेत कार्यक्रमले सिधै व्यापारीसँग खरिद गरी पठाउने गरेको उनले भनिन् ।

यादब आचार्यको यो समाचार हामीले अन्नपूर्णबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: