वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

फुटबल प्रतिस्पर्धा गर्दै बर्दियाका जनप्रतिनिधि

        प्रेम बुढा   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ १७, २०७५ ।    

प्रेम बुढा/मधुवन (बर्दिया) ।
जिल्लाका जनप्रतिनिधि अहिले फुटबलमा प्रतिस्पर्धा गरिहेका छन् । बजेट बाँडफाँडको वेला जनप्रतिनिधिहरु खेलमा व्यस्त भएको देख्दा कसैलाई अनौठो समेत लाग्न सक्छ, तर धेरैले भने यसबाट खेलकुदमा प्रयाप्त बजेट छुट्टिने आशा गरेका छन् ।

सामूहिक एकता, सहकार्य र समृद्धिको लागि खेलकुद भन्ने नाराका साथ स्थानीय तह फुटबल प्रतियोगिता भइरहेको छ । जिल्ला समन्वय समितिले खेलकुदलाई प्रर्वद्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

जेष्ठ १४ देखि शुरु भएको फुटबल प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि सहभागी छन । प्रतियोगिता २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्: