वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

मुख्यमन्त्रीद्वारा जब्दीघाट पुलको अनुगमन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५ ।    

प्रेम बुढा/बर्दिया ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण सम्पन्न भई हस्तान्तरण नहुँदै भाँसिएको जब्दीघाट पुलको अनुगमन गरेका छन् । अनुगमनपछि मुख्यमन्त्री पोखरेलले अख्तियारलाई पुलको विषयमा छिटो अनुसन्धान सक्न समेत आग्रह गरेका छन् ।

एक फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ ले यस वर्षलाई कानुन बनाउने र आवधिक योजना पुरा गर्ने वर्षको रुपमा लिएको बताए । पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले सदरमुकाम गुलरीयामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस वर्षलाई प्रदेशको आधार वर्षको रुपमा लिदै सरकार अघि बढेको बताएका हुन् ।

सडक सञ्जालले नजोडिएका र ट्रयाक नखोलिएका स्थानीय तहहरुमा सडक निर्माण कार्यलाई प्राथमिकता दिने गरी प्रदेश सरकारले काम गरिरहेको समेत पोखरेलले दावी गरे । सरकारले मागमा आधारित काममा मात्रै सिमित नभई प्रदेशको योजनाबद्ध रुपमा विकास गर्न खाका बनाइरहेको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

प्रदेश नं. ५ का मुख्य प्रवेशद्धार हरुमा प्रदेशकै पहिचान झल्कने र निगरानीसहितका भव्य गेटहरु निर्माण गर्ने तयारी भईरहेको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: