वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

राजापुरमा शिक्षा दिवश मनाईयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, भदौ २४, २०७५ ।    

मिन अधिकारी,राजापुर/बर्दिया।
‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने मूल नारा सहित बर्दियाको राजापुर ८ स्थित भेरी माध्यमिक विद्यालय ललितापुरमा ३९ औँ राष्ट्रिय तथा ५२ औँ अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा अन्तराष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेश नं.५ का सभासद दिपेश थारुले शिक्षा विना समाज परिवर्तन गर्न असम्भब हुने भएकाले केन्द्रीय सरकारबाट फराकिलोे शिक्षा निति बनाउनु पर्ने बताउदै प्रदेश सरकारले १६ वटा निति पारित गरी काम अगाडि बढाएको औल्याउदै राजापुर क्षेत्रको विकास र्निमाणमा आफु लागी परेको र शिक्षा स्वास्थ र कृषीलाई प्रथामिकतामा राखेर काम गर्ने गरेको बताएका छन । यस्तै राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरीले राजापुरको नगरपालिकाको विकासका लागी शिक्षाको अति महत्व रहेको व्यावारिक र वैज्ञनिक शिक्षाको व्यावस्था हुन आवशोक रहेको र नगरपालिकामा आर्थिक अभाव भएकोले राजस्वको दायरा बढाउनु पर्नेमा जोड दिदै प्रदेश सरकारले पहलकारी योजना बनाउन आग्रह गरिन । राजापुर नगरपालिका भित्र मानविय विकास तथा भैतिक विकास र समृद्धीका लागी आफुहरु निरन्तर लागी परेको उपप्रमुखले बताईन । त्यस्तै विद्यालयको शैक्षिक सुधारका लागी शिक्षक, विद्यार्थी र अभिभावकहरुको महत्वपुर्ण जिम्मेवारी रहेको बताउदै विद्यालयको सुधारमा सबैले पहल गर्नुपर्ने कार्यबाहक अध्यक्ष राम प्रसाद ढुङ्गानाले बताए । राजापुर नगरपालिका ८ का वडाध्यक्ष चिन्तामणी आचार्यको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश न. ५ का सांसद दिपेश थारु, विशेष अतिथीमा राजापुर नगरपालिकाका उपप्रमुख मनकला थारु रहेका थिए । अन्य अतिथीहरुमा इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख तिलक भारती, नेपाल कम्युनिष्ट पार्टीका सुरेश भूल, पञ्चे बाजा समुहका सचिव बुद्धीरत्न चालिसे,नेपाली कांग्रेसका प्रतिनिधी कृष्ण हरि चौधरी विद्यालय व्यवस्थापन समितीका कार्यबाहक अध्यक्ष राम प्रसाद ढुङ्गाना लगाएत स्थानिय पत्रकार, शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
बिद्यार्थीहरु र जेष्ठ नागरीकहरुको पञ्चे बाजा सहित र्‍याली निकाली भेरी माबि ललीतापुरमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्र.अ महादेव चौधरीले दिदै विद्यालयको समस्याबारे जानकारी गराएका थिए । कार्यक्रमको समापन गर्दै सभापति राजापुर नगरपालिका ८ का वडाध्यक्ष चिन्तामणी आचार्य आफुले निर्वाचनमा गरेका प्रतिबद्दता पुरा गर्दै आएको र त्यस्को सुरुवात शिक्षावाट भएको र राजापुर नगरपालिकाको वडा नं ८ को भेरी मा बि ललीतापुर पहिले हुनेमा आफु विश्वासत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: