वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

गुलरियामा अपाङ्गता परिचय-पत्र वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ ।    

गुलरिया,बर्दिया।
गुलरिया नगरपालिका-६ नं वडा कार्यालयले शुक्रबारदेखि अपाङ्गता परिचयपत्र वितरण सुरू गरेको छ । गुलरियामा अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण तथा परिचय पत्र वितरण शिविरको आयोजना गरी परिचयपत्र वितरण शुरु गरिएको हो।
गुलरिया नगरपालिका वडा नं ६ ले आफ्नो वडा भित्र रहेका ४७ जना अपाङ्गता भएका व्यक्तीहरूलाई परिचय पत्र वितरण सुरू गरिएको गुलरिया नगरपालिका ६ नं वडा अध्यक्ष निरज शर्माले जानकारी दिए ।
परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ गर्दै गुलरिया नगरपालिकाका उप-प्रमुख सुशिला गिरीले नगरपालिका क्षेत्र भित्र रहेका सबै अपाङ्गता भएका व्यक्तीहरूलाई परिचय पत्र वितरण कार्यक्रम अगाडी बढाईएको बताईन । परिचयपत्र वितरण गर्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले आगामी वर्ष देखी अपाङ्गहरूको क्षेत्रमा बजेट बिनियोजन गरेर उनिहरूको जीवनस्तर सुधार गर्ने किसिमका कार्यक्रम अगाडी बढाउने प्रतिवद्वता व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...