वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

हुलाकी सडकमा ट्रिपर चलाउन रोक

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, चैत्र १४, २०७४ ।    

प्रेम बुढा/बर्दिया ।
हुलाकी सडकबाट उडेको धुलोले जनस्वास्थ्यमा व्यापक असर गरेको भन्दै ट्रिप चलाउन रोक लगाइएको छ । बजार क्षेत्रमा धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको तथा ठेकेदार कम्पनीले जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै स्थानीयले ट्रिपर चलाउन रोक लगाएका हुन् ।

बुधबार गुलरिया भुरीगाँउ सडक खण्डको खैरापुर र सानोश्री क्षेत्रका स्थानीय व्यापारीहरुले ट्रिपर रोकेका हुन् । सडक निर्माण गरि रहेको ठेकेदार कम्पनीले बजार क्षेत्रको सडकमा हरेक दिन पानी हाल्ने गरि सहमती जनाए पनि व्यहारमा त्यसो नभएकोले विरोध स्वरुप ट्रिपर चल्न रोक लगाइएको उद्योग वाणिज्य संघ कुसुम्बा बजारका सदस्य ऋषि काफ्लेले बताए । उनले भने ‘हामीले निर्माण कार्यको विरोध गरेको होइन, ठेकेदारलाई पानी हाल्न खबरदारी गरेका हौं’ ।

गर्मी बढेसँगै उडेको धुलोले सडक छेउछाउ बसोबास गरेका अधिकांश स्थानीयहरु स्वास्थ्य समस्या लिएर आउनेहरुको संख्यामा बृद्धि भएको जिल्ला अस्पताल बर्दियाको भनाई छ । हुलाकी सडक निर्माणको कामले गति लिन नसक्दा गर्मीमा धुलो र बर्षामा हिलोले बृद्धबृद्धा, गर्भवती, विरामी तथा सर्बसाधारणहरु मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...