वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

गुलरियामा हुलाकी सडकको क्षेत्रभित्र पर्ने भैतिक संरचना हटाउन अनुरोध

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन १४, २०७५ ।    

गुलरिया, बर्दिया ।
गुलरिया नगरपालिकाको बजार क्षेत्रभित्र हुलाकी सडक कुल २४ मिटर चौडा बन्ने निश्चित भएपछि सडक क्षेत्रभित्र पर्ने भैतिक संरचनाहरु भत्काउनका लागि रेखाङ्कन गर्ने कार्य शुरू गरिएको छ ।

गुलरिया बजारदेखि पश्चिमतर्फ जाने हुलाकी सडकको मापदण्ड दायाँ–बायाँ १२ मिटर तोकिए पछि सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना भत्काउन रेखांकन गर्न शुरू गरिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए । सडक निर्माणका क्रममा नगरपालिका निकै लचिलो भएको र १२-१२ मिटर तय भएकाले सबैले सहयोग गर्न नगरप्रमुख यादबले अनुरोध गरे ।

यसैबिच गुलरिया नगरप्रमुख यादव र उपप्रमुख गिरिले सोमबार सडक छेउछाउका घरहरूमा भईरहेको रेखांकनको अनुगमन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...