वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

अन्तत: बर्दियाको हुलाकी सडकमा कालोपत्रे शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ ।    

मधुवन,बर्दिया।
भुरीगाउँ-गुलरीया-मुर्तिया सडक खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडक खण्डको सानोश्री क्षेत्रबाट हुलाकी सडक कालोपत्रे गर्ने काम शुक्रबारबाट सुरु भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का पाएका तिन ओटा ठेकेदार कम्पनी मध्ये गणपती ग्रुप कन्स्ट्रकसन कम्पनिले कालोपत्रेको काम सुरु गरेको हो ।
शुक्रबार उक्त कम्पनिले कालोपत्रेको प्राईमर कोड खसालेको छ । यो कालो पत्रेको पहिलो चरणको काम भएको कम्पनिका साईडम्यानेजर सूर्य गुरुङले बताए । प्राईम कोड गर्ने काम सुरु भएपछि अव दोस्रो चरणको काम केही हप्ता भित्रै सुरु गरि फिनिसिङ गर्दै जाने ठेकेदार कम्पनिको दावी छ । हुलाकी सडकमा पिचको काम सुरु भएसंगै बर्दियाबासीले हुलाकी सडकको काम छिट्टै पुरा हुने आशा व्यक्त गरेका छन । पहिलो चरणमा सानोश्रीबाट कुसुम्बाघाटसम्मको सडक कालोपत्रे हुनेछ भने संगसंगै खैरापुरसम्म कालोपत्रे सम्पन्न हुनेछ ।
तर वेलवा राजापुर सडक खण्ड र बेलवा भुरीगाउँ सडक खण्डमा सगै काम सुरु गरेका अन्य दुई ठेकेदार कम्पनिले भने कामको गति बढाउन सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्: