वि.सं.   सोमवार, मंसिर २, २०७६   तदनुसार  18 November 2019

होटेलको अभावमा बर्दियाको गुलरियामा हुने भनिएको खेल नहुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५ ।    

गुलरिया (बर्दिया) ।
सदरमुकाम गुलरियामा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल नहुने भएको छ  । सदरमुकाम गुलरियामा आउने झन्डै ६ सय खेलाडीका लागि बस्ने होटल अभावमा प्रतियोगिता नहुने भएको हो ।

सबै तयारी पूरा भए पनि अन्तिम चरणमा आएर आवासको कारण देखाउँदै महिला भलिबल नहुने निश्चित भएको हो । अब दुवै खेल बाँकेको नेपालगन्जमा हुनेछ । सुविधायुक्त होटल र मैदान अभावले दुवै प्रतियोगिता सार्नु परेको आयोजकले जनाएको छ । मुलुकका झन्डै ६ सय खेलाडीका लागि बस्न गुलरियामा स्तरीय होटल नभएको आयोजकले जनाएको छ । यस अघि खेलकुद विकास समिति जिल्लामा एथलेटिक्स, कबड्डी, हक्की, आर्चरी, खोखो र सेपाकटाक्रो खेल हुने भन्दै तयारीमा जुटेको थियो ।

अरु खेलहरुमा सेपाकटाक्रो, कबड्डी र खोखो बर्दिया मै हुनेछ । बाँसगढीमा हुने कबड्डीका लागि सबै तयारी पूरा भएको छ  भने रानीपुरमा खो–खो र गुलरियामा सेपाकटाक्रो खेलका लागि सबै तयारी पूरा भएको खेलकुद विकास समितिले जनाएको छ । एथलेटिक्सका लागि ट्रयाक समेत निर्माण भएको छ । रानीपुरमा खा–खोका लागि ९५ प्रतिशत काम सकिएको छ ।

रानीपुर र बाँसगढीमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष खगेन्द्र खनालले बताएका छन् । प्रतियोगिता गर्न ढिलाइ हुँदा गर्मी बढ्ने र ४० डिग्री माथिको तापक्रममा खेल्न खेलाडीलाई समस्या हुने जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारीले बताए । गुलरियामा सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्डहल निर्माण सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...