वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

शुरु भयो कठरिया समुदायमा होलीको रमझम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ ।    

जनक रावत/कैलाली ।
जनजाती थारु अन्तर्गत पर्ने कठरिया सामुदायको होली पर्व सुरु भई सकेको छ । होली पर्ब थारु कठरिया सामुदायको सबै भन्दा ठुलो पर्ब हो । यो होली पर्ब कठरिया समुदायमा मुख्य होलीको दिनको एक हप्ता देखि अगाडी देखि होली नाँचको लागि तयारी गरि सुरु हुने गर्दछ । होलीमा बिशेष कठरिया समुदायका युवा युवतीहरुले पराम्परागत साँस्कृतिक पहिरन लगाएर होली सुरु भए देखि एक हप्ता सम्म होली नाँच नाच्ने गर्दछन् ।

कम्मरमा ठुलो ढोल बाजा बजाएर कठरिया युवा युवतीहरु होली खेल्दै गाँउघरमा, समुदाय, छरछिमेक तथा आफ्ना आफन्त संग रमाइलो गरी होली नाँच नाँचेर होली पर्ब मनाउने गर्दछन् । होलीमा नाँच्ने र आफ्ना साँस्कृतिक पहिचानको संरक्षण सम्बर्धन गर्ने उद्धेश्यले हरेक बर्षको होलीमा होली नाँचगाँन गरेर होली पर्ब मनाउने र आफ्ना देवीदेवताको पुजा आजा गर्ने गर्दछन् ।


होलीमा सानो सिमलको रुख प्रत्येक बर्ष गाँउको पुजा गर्ने ठाँउ (मरुवामा) मा रोप्ने, र त्यसमा पुजा गरेर होली पर्ब मनाउने गर्दछन् । सिमलको रुखमा गाँउमा रहेका तथा घरपरिवारमा रहेका भुतप्रेतलाई बाँध्ने र देवी देवतालाई मनाउने धार्मिक आस्थाले होलीमा सिमलको रुखमा खरानी भएको गोबरको गुइठाले र साथमा होलीको दिन पकाएका रोटी चढाएर पुजा गरेर होली पर्ब मनाउने गरिन्छ । होलीको ८ औँ दिनमा पानी होली (खखरेहरा होली) खेली होलीलाई बिदाइ गर्ने चलन कठरिया समुदायमा रहेको छ । त्यसैले अन्य समुदायको तुलनामा थारु जनजातीमा पर्ने कठरिया समुदायको होली पर्ब एकदमै ठुलो बिशेष पर्बको रुपमा बुझ्न सकिन्छ ।
शुभ रहोस् यो वर्षको होली पनि, सम्पुर्ण कठरिया समुदायमा शुभकामना !

प्रतिक्रिया दिनुहोस्: