वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

हिमालय सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लहनु थारु सर्वसम्मत

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६ ।    
Loading...

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पल्टा थारुको अध्यक्षता, प्रतिनिधी सभा सदस्य विमला बि.क.को प्रमुख आतिथ्यता तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको विशिष्ठ आथित्यमा साधारणसभा सम्पन्न भएकोे हो ।

संस्थाकी प्रबन्धक सावित्री कुमारी श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन अनुसार २०१४ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २८ लाख १० हजार ६१४ रुपैया नाफा आर्जन गरि १ लाख ४७ हजार ९२७ रुपैयाँ राज्यलाई कर तिरेको छ । संस्थाको कुल शेयर १ करोड ७१ लाख ४ हजार पुगेको छ ।

संस्थाको १८ औं वार्षिक साधारणसभाले लहनु थारुको अध्यक्षतामा ७ सदस्यिय संचालक समिति चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा विमलादेवी कंडेल, सचिवमा टिकाराम थारु, कोषाध्यक्षमा पसानी थारु, सदस्यमा रोमा चौधरी, लक्ष्मी प्रसाद श्रेष्ठ र प्रेम नारायण चौधरी सर्वसम्मत रुपमा चयन भएको छ ।

संस्थाको लेखा समिति संयोजकमा फूलमोती थारु, सदस्यमा मिनराज देबकोटा र रामप्यारी थारु सर्वसम्मत रुपमा चयन भएको संस्थाले जनाएको छ । संस्थाले साधारणसभाको अवसरमा संस्थाका १२ जना जेष्ठ शेयर सदस्यहरु, शेयर कारोबार, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी, उत्कृष्ठ ग्राहक सदस्य, सबैभन्दा बढी कारोबार गर्ने शेयर सदस्य, ब्यवसायिक रुपमा सफल सदस्यहरुलाई सम्मान गरिएको छ ।

बर्दिया जिल्ला कार्य क्षेत्र रहेको सहकारी संस्थाले नियमित कारोबारमा बचत संकलन तथा ऋण लगानी, रासायनिक मल बिक्री, विउविजन बिक्री, एकिकृत कृषि फर्म, बंगुरपालन तथा सुपथ मूल्य पसल संचालन गर्दै आई रहेको छ । साथै संस्थाले सामाजिक कार्यक्रम उत्तरदायित्व बहन अन्र्तगत शेयर सदस्यहरुलाई सुत्केरी स्याहार रकम, काजकिरिया खर्च, तरकारिको बिउ वितरण, शिक्षा तालिम तथा छात्रवृत्ती वितरण लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: