वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

स्वास्थ्य सेवा बस्तीस्तरमा लैजादै मधुवन सरकार

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन २९, २०७५ ।    

प्रेम बुढा, (मधुवन) बर्दिया ।
बर्दियाको मधुवन नगर सरकारले स्वास्थ्य सेवालाई गाउँबस्ती स्तरमा पुर्‍याउन सुरु गरेको छ । मधुवन नगरपालिकाको वडा नंं. ९ को धर्मबस्तीमा नँया स्वास्थ्य सेवा केन्द्र सुरु भएसंगै गाउँ स्तरका गरिब परिवारमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यको थालनी भएको हो ।
सेवा केन्द्र सुरु भए पछि स्वास्थ्य स्वयमसेविकाहरुले स्थानिय स्तरबाट सेवा प्रदान गर्नेछन ।

वडामा रहेका गर्भवती, सुत्केरी तथा बालबालिकालाई स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने बाध्यता हट्ने नगर प्रमुख गणेश क्षेत्रीले बताए । धर्मबस्तीमा शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरि गाउँ स्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएको हो । मधुवन नगरपालिकाले वडा बासीलाई गाउँबस्तिमै सेवा सुविधा पु¥याउने गरि मधुवन नगर सरकारले बस्ती स्तरमा सेवा केन्द्र सञ्चालन गर्ने गरि काम सुरु गरेको छ ।


सोमबार एक समारोहका विच नगर प्रमुख गणेश क्षेत्री‘कृष्ण’ले शहरी स्वास्थ्य केन्द्रको शुभारम्भ गरेका हुन । पुरानो भवनलाई मर्मत तथा थप नँया संरचनाको निर्माण गरि भवन उद्घाटन गरिएको ९ नं. वडाका अध्यक्ष डिल्ली खनालले बताए । स्वास्थ्य सेवा शुभारम्भ भए संगै बस्तिस्तरका वडा तथा नगरबासीहरुको स्वास्थ्य सेवामा सहजै पहुच पुग्नेमा नगरबासी विश्वस्त छन । कार्यक्रममा मधुवन नगरपालिकाका वडा जनप्रतिनिधी तथा वडाका महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: