वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, असार १, २०७६ ।    

गुलरिया,बर्दिया।
नेपाल रेडक्रस सोसाईटी गुलरिया (क) उपशाखाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण गरेको छ ।
शनिबार र आइतबार भएको शिविरबाट करिब पाँच सय सर्वसाधरणले लाभ लिएका छन् । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार शिविरमा हार्डजोर्नी, स्त्री रोग, दाँतको परीक्षण, दम, पेट लगायतका विभिन्न किसिमका रोगको निःशुल्क परिक्षण तथाऔषधी वितरण गरिएको थियो ।
चिकित्सक डा.मनोज खड्काको नेतृत्वमा गएको टोलीमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु डा. बलराम विष्ट, डा.नरेश थापा, डा. भोला घिमिरे लगायत सहभागी थिए ।
शिविरमा दार्खा, झार्लाङ्, सत्यदेवी, गुम्दी लगायत स्थानका मानिसहरुले निःशुल्क सेवालिएका थिए । शिविरमा सहभागी सर्वसाधरणहरुले दुर्गम ठाउँमा शिविर सञ्चालन गरेर पुण्य कमाउने काम गरेको बताए ।
शिविरमा ६ जनाको पाठेघर सम्बन्धी समस्या र पाँच जनामा मुटुको समस्या पाईएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...