वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

ठाकुरबाबाका हावाहुरी पीडितहरुलाई राहत वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, जेष्ठ १४, २०७५ ।    

ठाकुरबाबा, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाका हावाहुरी पीडितहरुलाई राहत वितरण गरिएको छ । गत जेठ ९ गते आएको हावाहुरीका कारण नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म पुर्ण रुपमा क्षति भएका घरपरिवार मध्ये ३८ घर परिवारलाई प्रति परिवार ५ हजार रुपैयाका दरले आइतबार राहत वितरण गएिको हो ।
जिल्ला प्रशासन कार्यालय, दैविक प्रकोप उद्धार समिती र ठाकुरबाबा नगरपालिकाको समन्वयमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङ, नगरप्रमुख घन नारायण श्रेष्ठ र नगर-उपप्रमुख कृष्णा कुश्मा थारुले उक्त राहत वितरण गरेका थिए ।
हावाहुरीले ठाकुरबाबा नगरपालिका लगायत बर्दियाका बिभिन्न ठाउँमा ठुलो मात्रामा क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्: