वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

हात्तीको आतंकले स्थानिय चिन्तित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५ ।    

मिन अधिकारी/गेरुवा (बर्दिया) ।
गेरुवा गाँउपालिका वडा नं. ६ मनाउ, नौरंगामा जंगली हात्तीको आतंक बढ्दा स्थानिय चिन्तित भएका छन् । मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका ३ वटा जंगली हात्तीको समूहले मनाउँ नौरंगाका स्थानिय हरि प्रसाद  रिमालको ३ कठ्ठा, कृष्ण प्रसाद रिमाल (क) को ३ कठ्ठा, भरत रिमालको १० कठ्ठा, यादव रिमालको १० कठ्ठा, नारायण रिमालको ५ कठ्ठा, कृष्ण प्रसाद रिमाल (ख) को १०, सविन चौधरीको ३ कठ्ठा, राज कुमार चौधरीको ३ कठ्ठा धान र मकै आएर  नोक्सानी गरेको छ।

स्थानियलाई हरेक वर्ष जंगली हात्तिले क्षती पुर्याउँदै आएको विवरण सम्बन्धित निकायलाई दिदाँ पनि प्रभावकारी नियन्त्रण नभएको पिडित स्थानियको गुनासो छ । प्रहरीले गस्ती नगर्ने गरेकोले क्षति वढ्दै गएको स्थानियले आरोप समेत लगाएका छन् । हात्तिले विद्युतिय तारवार भत्काउने र नोक्सानी गर्ने गरेको स्थानियले बताए ।

प्रहरी चौकी मनाउ संग हात्तिको क्षति वारे वुझ्दा आफुहरुलाई हात्तिको क्षतिका वारेमा थाहा नभएको मनाउ चौकीका प्रमुख प्रहरी हवल्दार राम विलास कुर्मीले बताए । गस्ती गरेर फर्कदा हात्ति खेतमा नभएको समेत उनले बताए । स्थानियको सुरक्षाका लागि खटिएको आफुहरु कुनै पनि समस्याका वारेमा जानकारी पाएमा तत्काल घटना स्थलमा पुग्ने गरेको र  हात्ति आएको पनि कुनै पिडितले खवर नगरेको चौकी प्रमुख प्रहरी हवल्दार कुर्मीले बताए । क्षतिको विवरण निकुञ्ज कार्यालयमा गए पछि पुनः अनुगमन गरी पिडितले क्षति पूर्ति पाउने बताइृएको छ ।

प्रतिक्रिया दिनुहोस्: