वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

अवैध हतियारसहित २ पक्राउ, एकको खोजी हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार ३२, २०७५ ।    

बर्दिया ।
अवैध हतियारसहित बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउपालिका वडा नं २ सितापुर बस्ने २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षीय खडकबहादुर सुनारलाई आइतबार साँझ हतियार सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पक्राउ परेका उनीहरुबाट १२ बोर बन्दुक एक थान र सोही बन्दुकमा लाग्ने गोली २ राउण्ड बरामद गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । गोप्य सूचनाका आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय गुलरियाबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि प्रहरीले बढैयाताल गाउपालिका १ बस्ने डम्मरबहादुर खड्काको घरबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । खड्काको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: