वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

चार सहकारी एकीकरण भई हाम्रो मध्यवर्ति साकोस बन्दै, अध्यक्षमा नवराज न्यौपाने चयन हुने

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
देशैभरी एउटै प्रकृतीका सहकारीहरु एकिकरण हुने क्रम बढि रहेको बेला बर्दियामा पनी सहकार्री एकिकरणकको क्रम बढेको छ । यसै क्रममा ठाकुरबाबा नगरपालिकामा रहेको नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. संचालक समितिले सहकारी एकिकरणको विषयमा छलफल गरी विभिन्न निर्णय गरेको छ ।

छलफलमा चार वटा सहकारी एकिकरण कार्यदलबाट पारित कार्याविधि अनुमोदन तथा स्वीकृत, संचालक समितिमा पठाउने ३ जनाको निर्णय र नेयलापुर मध्यवर्ती साकोसलाई अध्यक्ष दिने सहमती अनुसार अध्यक्षमा नवराज न्यौपानेलाई पठाउने निर्णय भएको छ ।

ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको नेउलापुर मध्यवर्ति साकोस, नेउलापुरको चनचेतना साकोस नेउलापुर, शिवपुरको प्रयत्न साकोस र शिवपुरकै श्रीकृष्ण साकोस गरी चार वटा सहकारी एकीकरण गरी हाम्रो मध्यवर्ति साकोस बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: