वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

गुलरियामा रामलीला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, अशोज २०, २०७५ ।    

गुलरिया, बर्दिया ।

बर्दियाको गुलरिया-७ मा १० दिने रामलीला गरिने भएको छ ।  दशै आएसँगै स्थानिय रैथाने (मधेसी) समुदायले पुस्तौदेखी परम्परालाई निरन्तरता दिन लागेको हो । भारत अयोध्यास्थित आदर्श बाल रामलीला मन्डलीको टोलिले असोज २४ देखी कात्तिक २ गतेसम्म आँपबगैचामा मन्चन गर्ने जनाईएको छ । 

रामलीला  समितिका अध्यक्ष  मनोजकुमार यादवका अनुसार हरेक दिन रामायणमा आधारित लीला प्रदर्शन गरिने छ ।  रामलीला  मण्डलीलाई कार्यक्रम सञ्चालन वापत २ लाख भारु दिने समितिले जनाएको छ ।  कार्यक्रम अवधीभर ८ लाख खर्च हुने अध्यक्ष यादवले बताए ।

रामलीलाले दाजुभाइको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने दर्शाउनुको साथै पारिवारिक सम्बन्ध, जनताप्रति शासकले गर्नुपर्ने व्यबहार, अन्याय अत्याचार गर्नेले भोग्नुपर्ने नियतिको पाठ पनि सिकाउने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्: