वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

गुलरियाका पाैडेल हत्याका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

        छापाबाट   |   प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४ ।    

गुलरिया, बर्दिया ।
१९ वर्ष अघि एक जनाको हत्या गरि फरार रहेका अभियुक्तलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । गुलरिया—२ खैरापुरका नवराज पाैडेलको हत्याका अभियुक्त मध्येका ६५ वर्षीय पिताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए।
पाैडेलको ०५५ चैत १६ गते आपसी लेनदेनको विषयमा विवाद पछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले ०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो। उनी बुटवलमा बस्दै आएका थिए।
पाैडेलहत्याका पॉच आरोपित मध्ये दुई जनालाई अदालतले सफाई दिएको छ। अन्य दुई अझै फरार छन्। पाैडेलकाे शव हत्या गरि गहुँबारीमा फालेको अवस्थामा १३ दिन पछि फेला परेको थियाे।

-कमल पन्थीको यो समाचार हामीले कान्तिपुरबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: