वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

गुलरिया खानेपानीको अध्यक्षमा मिनराज शर्मा विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

बअ सम्वाददाता/गुलरिया (बर्दिया) ।
गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समिति बर्दियाको अध्यक्षमा मिनराज शर्मा विजयी भएका छन् । विजयी शर्माले २७४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दीद्वय चन्द्रबहादुर वानियाले १८५ मत र कोषराज निरौलाले ११८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कमलराज पौडेललाई १४० मतको मतान्तरले हराउँदै कमल बहादुर खड्का विजयी भएका छन् । विजयी भएका खड्काले ३६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी पौडेलले २२१ मत प्राप्त गरेका छन् । यसैगरी सचिवमा इन्दिरा सुबेदी, सहसचिबमा गोमा सोडारी, कोषाध्यक्षमा किरण कुमारी श्रेष्ठ जोशी, महिला सदस्यहरुमा राधा यादब, बद्रीकला आचार्य, जानकी शर्मा, बिमला केसी, खुला सदस्यमा मुरली प्रसाद गोडिया, रमेश कुमार चौधरी विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्: