वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

ठाकुरबाबाको गोविन्दपुरमा जैविकमार्ग होमस्टे संचालन

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ ।    

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा गोविन्दपुर जैविकमार्ग होमस्टे संचालनमा आएको छ । आईतबार आयोजना गरीएको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले होमस्टेको उद्घाटन गरेका छन् ।

होमस्टेमा आउने पाहुनाका लागि स्थानीय थारु परीकार संगै लोकल कखुरा सहितको खाना, सुरक्षित बास, थारु कला संस्कृती, उदाहरणिय वन अवलोकन संगै निलगाई, चित्तल लगायतका वन्यजन्तुको अवलोकन, पोखरीमा बल्छी लगाएर माछा मार्न पाईने (फिसिङ्ग) लगायतका सुबिधा रहने होमस्टे संचालक समितीका अध्यक्ष बिर बहादुर कुश्माले जानकारी दिए ।

होमस्टेको संचालनबाट दुःख, कष्ट र अभावको अन्त्य हुने बताउँदै वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले होमस्टेलाई सफलताको शुभकामना दिएका दिँदै गोविन्दपुर होमस्टेमा तालिम हलको भवनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। र्काक्रममा बोल्दै मन्त्री बस्नेतले वन्यजन्तुबाट पीडितलाई राहत क्षतिपुर्तिको विषयमा सहज बनाउने र रकम बढाउन प्रयास गरीरहेको र एक वर्ष भित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने बताएका छन् ।

यसअघि डल्ला जैविकमार्ग होमस्टे, जनकनगर होमस्टे, सतखलुवा होमस्टे संचालनमा छन् भने यस गोविन्दपुर जैविकमार्ग होमस्टे संगै बर्दियामा होमस्टेको संख्या चार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: