वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

लायन्स क्लब भुरिगाउँको अध्यक्षमा निरौला निर्वाचित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ ।    

सुदीप अधिकारी/भुरिगाउँ (बर्दिया) ।
लायन्स क्लब अफ भुरिगाउँको अध्यक्षमा गोपाल निरौला निर्वाचित भएका छन् । शुक्रबार भुरिगाउँमा सम्पन्न लायन्स क्लब अफ भुरिगाउँको बैठकले निरौलालाई अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित गरेको हो ।
यसैगरि लायन्स क्लब अफ भुरिगाउँको प्रथम उपाध्यक्षमा सञ्जय गिरी र द्धितिय उपाध्यक्षमा रुद्रप्रसाद आर्याल सर्बसम्मत निर्वाचित भएका छन् । लायन्सको सचिबमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा चन्द्रकान्त काफ्ले निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गोपाल निरौलाले जानकारी दिए ।
लायन्स क्लब अफ भुरिगाउँको सदस्यमा ध्रुवप्रसाद पंगेनी, चन्द्रमणी पौडेल, महेन्द्र पंगेनी,जीवनकुमार शाही, जयन्द्र थापा, भिमप्रसाद ढकाल, चन्द्रकला भट्राई, चित्रप्रसाद खनाल र दधिराम भण्डारी निर्वाचित भएका छन् ।
अध्यक्षसहितको नर्वनिवाचित पदाधिकारीहरु लायन वर्ष २०१८ २०१९ सम्मका लागि निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष निरौला विगत केही वर्षदेखि विकास प्रेमी युवा समूहमा आवद्ध रहि सामाजिक कार्यका सक्रिय रहदै आएका छन् । अध्यक्ष निरौलाले युवाहरुको सहभागितामा समाजमा विद्यमान विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुमा लायन्स क्लबलाई सक्रिय बनाउँदै अघि बढ्ने बताएका छन् । समाजका अन्य सामाजिक क्रियाकलापमा समेत संचालन गरेर युवा वर्गलाई सामाजिक सेवाको क्षेत्रमा अग्रसर गराउन आफु प्रयासरत् रहने नवनिर्वाचित अध्यक्ष निरौलाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: