वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

चर्चित गायक माल्दाई एपिक नेपाल म्युजिक अवार्डमा उत्कृष्ठ पाँचमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५ ।    

भुरिगाउँ,बर्दिया।
“गर्लफ्रेन्ड छैन” गितबाट गायक कमल बिसी माल्दाई एपिक नेपाल म्युजिक अवार्डमा उत्कृष्ठ पाँच (Top 5) मनोनयनमा परेका छ्न । लोकपप नवगायक बिधा बाट उनी मनोनयनमा परेका हुन । युवामाझ लोकप्रिय बनेको गर्लफ्रेन्ड छैन गितमा गायक बिसीले शब्द, संगीत, स्वर र अभिनय समेत गरेका छन । धेरै कलाकारलाई पछि पार्दै गायक बिसी उत्कृष्ठ पाँचमा पर्न सफल भएका हुन ।
“कला र गलाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को मनोनयन सार्वजनिक गरिएको हो । लोकदोहोरी , आधुनिक, पप लगाएत गरि ६५ बिधामा मनोनयन सार्वजनिक गरिएको छ । मनोनयनमा परेका सर्जक कलाकारहररु लाई एक भब्य कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...