वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

डा. केसीको स्वास्थ्य तलमाथी भए जुम्ला लैजानेले जिम्मेवारी लिनु पर्छ : मन्त्री पोखरेल

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ।    

प्रेम बुढा/बर्दिया ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य तलमाथी भएमा जुम्ला लैजाने र अनसनको लागी व्यवस्था गर्छु भन्नेहरु नै जिम्मेवार हुने बताएका छन् ।

बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । कानुन शासनलाई कसैले अनसनको माध्यमबाट विथोल्नु नहुने भन्दै मन्त्री पोखरेलले भने ‘डा. के.सी. ज्यू वर्षामा मौसम खराब भए उद्धारका लागि हेलिकप्टर पनि जान सक्दैन, काठमाण्डौ फर्कनुस ।’

काठमाण्डौ उपत्यका भित्र १० वर्ष सम्म मेडिकल कलेज स्थापना गर्न दिने की नदिने बारे आयोगले निर्णय गर्ने भन्दै मन्त्री पोखरेलले डा. के.सी.ले उठाएका मागको मुल मर्म अनुसार नै सरकारले विद्ययक ल्याएको बताए ।

सरकारले ल्याउन लागेको नयाँ विद्ययकमा छात्रवृत्तिबाट एम.वि.वि.एस. पढेका व्यक्तिहरुलाई दुई वर्ष दुर्गम र ३ वर्ष सुगममा सेवा गर्नु पर्ने व्यवस्था गरिएको जानकारी दिदै मन्त्री पोखरेलले अनसन बसेर संसदको सर्वाेच्चतालाई चुनौति दिन नहुने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: