वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

घुस रकमसहित राजापुर १० का वडा सदस्य उत्तम चौधरी अख्तियारद्वारा पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५ ।    

राजापुर,बर्दिया।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राजापुरका एक स्थानिय जनप्रतिनिधीलाई घुस लिदालिदै पक्राउ गरेको छ ।
राजापुर नगरपालिका-१० का वडा सदस्य उत्तम चौधरीलाई दुई लाख पचास हजार रुपैया घुस सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले पक्राउ गरेको हो । क्रसर उद्योग दर्ता गरिदिने भन्दै स्थानियसँग उक्त रकम लिदै गर्दा पक्राउ गरिएको जनाईएको छ। सेवाग्राहीसँग घुस लिदै गर्दा उनलाई कोठियाघाटस्थित इच्छा होटलबाट अख्तियारले रंगेहात नियन्त्रणमा लिएको थियो । हाल अख्तियारको नियन्त्रणमा रहेका चौधरीको अनुसन्धान जारी रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...